Techie IT
शनिबार, असार ७,२०८२

मनमैजुका नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्त भोला दाहालले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका छन् । दाहालका अनुसार उनीहरूलाई सेवाग्राहीसँग १ लाख ७५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारले घुससहित पक्राउ गरेको थियो ।

उपरकोटी र कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

दाहालका अनुसार नापी सर्भेक्षक उपरकोटीविरुद्ध १ लाख ७५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । अख्तियारले उनीविरुद्ध बिगोबमोजिम जरिवाना तथा कैद सजायको समेत माग गरेको छ ।

त्यस्तै लेखापढी व्यवसायी कार्कीविरुद्ध पनि अख्तियारले १ लाख ७५ हजार बिगो कायम गरेको छ । उनीविरुद्ध पनि बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #भ्रष्टाचार मुद्दा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:07 am7:03 pm +0545