Techie IT
शुक्रबार, वैशाख २६,२०८२

धनगढी पुगिसकेपछि समस्या देखिएपछि श्री एयरको जहाज काठमाडौं नै फर्काइयो


काठमाडौं, १६ असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं फर्काइएको छ ।

शनिबार अपरान्ह ३ : ३३ मा काठमाडौं विमानस्थलबाट उडेको विमान धनगढी पुगिसकेपछि पुन काठमाडौं फर्काइएको हो ।

जहाजको हाइड्रोलिक फेल भएर धनगढीमा अवतरण गर्न नसक्ने भएपछि पुन काठमाडौं नै फकाईएको हो । काठमाडौंमा अवतरणपछि पनि जहाज ट्याक्सी वेमा अड्किएको थियो। जहाजलाई तानेर पार्किङ वे मा पुर्‍याइएको थियो ।

जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #धनगढी पुगिसकेपछि समस्या देखिएपछि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545