संखुवासभाको मादीमा मनाईयो धान दिवश ( फोटोफिचर भिडियो )
मध्य असार हुँदापनि संखुवासभामा मुस्किलले ७ प्रतिशत मात्रै रोपाइ

संखुवासभाको मादी नगरपालिका- ४ ओखरबोटेमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।

मादी नगर स्तरीय महिला संजाल र मादी नगरपालिकाको आयोजनामा पहिलो पटक ओखरबोटेको मादी उच्च मा.बि विद्यालय छेउमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवका अवसरमा खेतमा धान रोपाइँपछि दही चिउरा खाएर मनाइएको थियो। “कृषि नै जीवनको मुल आधार, वितरणमूखी भन्दा पनि कृषिमा प्रोत्साहन” भन्ने नाराका साथ धान दिवस मनाइएको नगर उपप्रमुख सुनिता भटराई दाहालले बतानुभयो ।

मादी नगरले यो बर्षको बजेट कृषिमूखी बनाएको नगर प्रमुख जीवन लिंथेपले बताउनु भयो । उँहाले भन्नुभयो- यस पटक नगरसभाले वितरणमूखी भन्दा पनि कृषिमा प्रोत्साहन गर्ने खाल्को नीति ल्याएका छौ । बाझो जग्गालाई कृषि उत्पादनमा बढावा दिने कृषकलाई पुरस्कृत गर्ने निती ल्याएको नगर प्रमुख लिंथेपले बताउनु भयो ।
मध्य असार हुँदापनि संखुवासभामा मुस्किलले ७ प्रतिशत मात्रै रोपाइ भएको छ । विश्व धान दिवश मनाउने क्रममा कृषि ज्ञान केन्द्रले ७ प्रतिशतमात्रै रोपाई भएको जनाएको हो । भरपर्दो सिंचाई सूबिधा उपलब्ध नहुँदा ९५ प्रतिशत खेत बाझै रहेको हो । अहिले परेको पानीले सबैतिर रोपाई हुन सक्ने अवस्था नभएको कृषि ज्ञान केन्द्र संखुवासभाको भनाई छ ।








क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, भिडियो, वातावरण-कृषि, समाचार
ट्याग : #hot, #धान रोपाई, #फोटो फिचर, #राष्ट्रिय धान दिवस, #संखुवासभा, #संखुवासभाको मादी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्