आज पश्चिमि क्षेत्रका केही नदीहरुमा आकस्मिक बहावको जोखिम

काठमाडौँ असार ११ । आज पश्चिमि क्षेत्रका कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती पूर्वी राप्ती नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज केही नदीहरुको बहाव सतर्कता तहभन्दा बढी हुनेछ ।
आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही संंसाना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । यस्तै रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #केही नदीहरु आकस्मिक बहावको जोखिमाम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्