रोल्पाको गंगादेव गाउँपालिकामा बजेट किन सार्वजनिक हुन सकेन

काठमाडौं,असार ११ । रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष हरिबहादुर पुनले एकपक्षीय रुपमा नीति तथा कार्यक्रम र बजेट बनाएको भन्दै कार्यपालिका सदस्यले विरोध गरेपछि बजेट अन्योलमा परेको छ ।्
अध्यक्षसँग द्वन्द्व बढेपछि प्रमुख कार्यकारी अधिकृत मोबाइल अफ गरेर जिल्ला छाडेका छन् । आइतबार दिनभरि जिल्लामा नभएका कार्यकारी अधिकृत साँझ पुगेका थिए ।
अध्यक्षले अनावश्यक दबाब दिएपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले मोबाइल अफ गरेर दाङ बसेको स्रोतले जनाएको छ ।
कार्यपालिका सदस्यहरूले अध्यक्षले एकलौटीरुपमा बजेट बनाएको भन्दै पास गर्न नदिएको एक सदस्यले बताए । उनीहरूले आफ्नो वडामा बजेट सिलिङ कम भएको भन्दै गुनासो गरेका गरेका छन् । सोमबार बिहान अब कसरी जाने भनेर अध्यक्षले कार्यपालिका सदस्यलाई छलफलका लागि बोलाएका छन् ।
वडा नं ३ का वडाध्यक्ष लोकमान वलीले पालिकाको बजेट नआएको र आफू वडामै छलफलमा रहेको बताए । अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी अधिकृत तीनै जनाको मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन ।
स्थानीय तहमा बजेट बनाउने जिम्मेवारी उपाध्यक्षलाई भए पनि अध्यक्ष पुनले उपाध्यक्षका ती अधिकारमा कटौती गर्न खोजेपछि विवाद बढेको छ । आइतबारसम्म उपाध्यक्ष केसीले बजेटका विषयमा जानकारी नदिएको कार्यपालिका सदस्यसँग गुनासो गरेकी थिइन् । गत वर्ष पनि बजेटमा विवाद भएर पछि बजेट आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #बजेट सार्वजनिक सकेन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्