मेयर हर्क साम्पाङले ‘गफाडी’भनेपछि पर्यटनमन्त्री किराँतीको जवाफ

काठमाडौं असार ७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटन मन्त्री सुदन किराँतीलाई ‘गफाडी’ भनेपछि फेसबुकबाटै जवाफ फर्काउनु भएको छ।
श्रम संस्कृति पदमार्ग निर्माण गर्छु भनेर काम नगरेको भनी मेयर साम्पाङले आज सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको आलोचना गर्नुभएको हो ।
मेयर साम्पाङ लेख्नुहुन्छ, ‘सुदन किराँती पनि गफाडी रैछन्, श्रम संस्कृति पदमार्ग निर्माणको वाचा गरेका थिए, पुराएनन्। बोलेको पूरा गर्नु है। बिरुवा रोप्नचाहिँ आउँदा हुन्छ। वेलकम छ। बधाई छ, जे होस्। जय पितापुर्खा।’
मेयर साम्पाङले बोलेका बाचा पूरा नगरेको आरोप लगाएपछि मन्त्री किराँतीले फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख विनियोजन भएको जानकारी गराउनु भएको छ।
मन्त्री किराँतीले साम्पाङलाई जवाफ दिँदै भन्नुहुन्छ, ‘मेयर साब नमस्कार, फुस्रेबाट श्रम संस्कृति पदमार्ग साँगुरी भन्ज्याङ भेडेटार पदमार्ग निर्माणको लागि रु।५० लाख विनियोजन भएको जानकारी गराउँदछु। हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ। शयद बजेट अभावको कारण त्यस्तै हुन गयो होला।
उहाँले यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन भएको उल्लेख गर्दै पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका बताउनु भएको छ।
’
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #हर्क साम्पाङले ‘गफाडी’भनेपछि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्