दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन रवि लामिछाने

काठमाडौं असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने टिप्पणी गरेका छन्।पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए।
समाजवादी मोर्चाबारे रवि लामिछानको भनाइ जस्ताको तस्तैः
चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ,डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं। हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।
मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन। अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।
जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य गर्ने हामी पनि आउँछौं त्यस्ता मोर्चामा। पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला। हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ। अरु दलप्रति हाम्रो शूभकामना नै छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्