चितवन प्रहरीमा आन्तरिक सरुवा : बदनाम प्रहरीलाई चलाइएन

चितवन । चितवन प्रहरीले मातहतका विभिन्न युनिटहरुको फेरवदल गरेको छ । लामो समयदेखी जरा गाडेर बसेका मातहतका विभिन्न इकाइका १८ जना प्रहरी कर्मचारीहरुको आज (शुक्रबार) एकैपटक फेरबदल गरिएको हो ।
यसरी परिवर्तन हुनेहरुमा प्रहरी जवानदेखी प्रहरी सहायक निरीक्षक सम्मका रहेका छन् । एकछत्र रूपमा राज गर्दैआएका उनीहरूलाई परिवर्तन गरिएको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीका अनुसार आवश्यकता अनुसार उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा अदलीबदली गरिएको बताए । यद्यपि, बदनाम पृष्ठभूमि भएका प्रहरीलाई भने चलाईएको छैनन् ।
प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी बेथिती रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नचलाइएको गुनासो छ । आज दिउँसो साँढे १२ बजे निकालेको सरुवा सुची अनुसार टाँडीका कुनै पनि प्रहरीलाई चलाइएको छैनन् । यसरी मातहतका युनिटहरुको परिवर्तन गरिएपनि बेथितीको चाङ्ग लागेको रत्ननगरमा भने एसपी कार्कीले चलाउन सकेनन् । उनलेे टाँडीका कुनै पनि प्रहरीलाई आन्तरिक काज गर्न सकेनन्, सकेनन् उल्टै अन्यत्र प्रदेश दरबन्दीका प्रहरीलाई संरक्षण गर्ने गरेको शुक्रबारको काज सरुवाले समेत पुष्टि गर्दछ ।
टाँडीमा बर्षौंदेखी जरा गाडेर बसेका कारागार सुरक्षा गार्ड तुलसीपुर दरबन्दीका प्रहरी सहायक हवल्दार दीपेश बस्नेत, तनहुँ दरबन्दीका सई रोशन कुमार मल्ल र काभ्रे दरबन्दीका प्रहरी हवल्दार गिता खड्कालाई उनले न दरबन्दी फिर्ता गर्न सके, न फेरबदल नै गरे । काभ्रे दरबन्दीका प्रहरी हवल्दार खड्का ११ बर्षदेखी पंचकन्या प्रहरी चौकीमा कार्यरत छिन् । उनीहरूलाई टाँडीका डिएसपी अनिल कुमार खड्का र प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीको संरक्षण रहेको स्रोतले बताइएको छ ।
सोही कार्यालयको मुद्दामा रहेका प्रहरी हवल्दार शंकर यादव र बछौलीका प्रहरी सहायक हवल्दार केशव पाण्डेलाई एसपी कार्कीले यसअघि नै जिल्ला तानिसकेको छ । जिल्ला तानिएका यादवलाई बारा दरबन्दीमा रवाना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस्तै, वर्डा प्रहरी कार्यालय नारायणगढको कर्मचारी प्रशासन शाखाका प्रहरी जवान नरेन्द्र रावत र प्रहरी बिट देवघाटमा कार्यरत असई जीतेन्द्र कुमार मिश्रलाइ समेत अझै चलाइएको छैनन् । उनीहरूको दरबन्दी क्रमशः धादिङ र नुवाकोट रहेको स्रोतले जनाएको छ । मिश्र ३० महिनादेखि देवघाट प्रहरी बिटमा रहेका छन् भने रावत ५ बर्षदेखी नारायणगढमा नै रहेको स्रोतले जनाएको छ ।
यस्तै, सरुवा भइसकेका प्रहरीहरुको दरबन्दीमा रवाना हुने क्रम चितवनमा सेलाएको छ । केही समय रवाना दिने हल्ला चले पनि अहिले त्यो सेलाएको स्रोत बताउँछ । शुक्रबार सरुवा भएका सबैले अब रवाना बुझेर नयाँ कार्यक्षेत्र पुग्नुपर्ने छ ।
को – कहाँ ?
प्राप्त पत्र अनुसार ईलाका प्रहरी कार्यालय रामनगर चितवन दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा खटिएका असई असई लाल काजी तामाङलाई जिल्ला प्रहरी कार्यालय चितवन तानिएको छ भने, ईलाका प्रहरी कार्यालय माडी चितवन दरबन्दी भई प्रहरी बिट चौबीसकोठी पर्सामा कायारर्त वरिष्ठ प्रहरी हवल्दार नागेश्वर प्रसाद यादवलाई प्रहरी चौकी सिताराम चोक, प्रहरी चौकी त्रिवेणी चितवन दरबन्दी भई प्रहरी चौकी सितारामचोक खटिएका वरिष्ठ हवल्दार अंगत कुमार पन्डितलाई प्रहरी बिट चौबीसकोठी पर्सा, प्रहरी चौकी बैरेनी धादिङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनी खटिएका वरिष्ठ प्रहरी हवल्दार गणेश घिमिरेलाई ईलाका प्रहरी कार्यालय गितानगर चितवन, ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन दरबन्दी भई प्रहरी चौकी गणेशस्थान खटिएका वरिष्ठ प्रहरी हवल्दार टकं बहादुर गिरीलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ ।
त्यस्तै, प्रहरी हवल्दार यादव भेटवाललाई प्रहरी बिट गणेशस्थान, प्रहरी हवल्दार नर बहादुर बिकलाइ अस्थायी प्रहरी चौकी शारदानगर, भिम बहादुर कुवरलाई ईलाका प्रहरी कार्यालय खैरहनी, प्रहरी हवल्दार भक्त बहादुर कामीलाइ अस्थायी प्रहरी पोस्ट फिस्लिङ, प्रहरी हवल्दार राजेश्वर दास थारुलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ भने प्रहरी हवल्दार नन्द किशोर महत्तोलाई प्रहरी चौकी चैनपुर खटाइएको छ ।
प्रहरी सहायक हवल्दार राम चन्द्र प्रसाद यादवलाई कासु गार्ड भरतपुर र हरी कृष्ण कार्कीलाई ईलाका प्रहरी कार्यालय रामनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरी जवान अनिल कुमार घिसिङलाई कारागार सुरक्षा गार्ड भरतपुर, प्रहरी जवान शिसर बहादुर ठेडी जिल्ला प्रहरी कार्यालय चितवन, प्रहरी जवान नारद सार्कीलाई प्रहरी गोन्द्राङ चितवन, प्रहरी जवान राजु राम लुहार कारागार सुरक्षा गार्ड भरतपुर, प्रहरी जवान योग बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय तानिएको चितवनका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितद्वारा हस्ताक्षर पत्रमा उल्लेख छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्