आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्दैन : सुवास नेम्वाङ

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका छन्।
नेम्वाङले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो सरकाले यसको जवाफ दिनुपर्ने भन्दै आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका हुन्।
पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए। यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङको छ ।
सत्ता पक्षले सुनको जलहारी चढाउने भनेर पित्तलको जलहारी चढाइ भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो, उनले भने, सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ। हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ ।
एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठेर वेल घेराउसहित नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्