Techie IT
सोमबार, वैशाख २२,२०८२

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसकै नेता शेखर र सुजाता पनि मुछिए


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै कांग्रेस नेताहरु तानिएका छन् । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँणदेखि सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासमेतको नाम यस प्रकरणा जोडिएको छ । यो प्रकरणले यतिबेला कांग्रेससँगै देशभर कम्पन पैदा गरेको छ । प्रहरी स्रोतका अनुसार कांग्रेस उच्चपदस्थ नेताहरु विरुद्ध आवश्यक प्रमाण संकलन गरी पक्राउ पुर्जी जारी गर्ने तयारी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई नेत्री राणा र बालकृष्ण खाणकी पत्नी मञ्जु खाण मुछिएको अडिओ क्लिप प्रहरी समक्ष पुगेको छ।

पक्राउ परेका व्यक्ति र पीडितबीच अडिओमा कुराकानी भएको सुनिन्छ। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उक्त अडिओ गिरोहका सदस्य सन्देश शर्मा र नक्कली भुटानी बनेर अमेरिका उड्न चाहने व्यक्तिको हो। उनीहरू बीचको कुराकानीमा राणा र खाणलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको भन्ने सुनिन्छ।

अर्को अडिओ क्लिपमा कांग्रेसकै नेता शेखर कोइराला र सुजाता कोइरालालाई मुछिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा यी नेतासँग कुराकानी भईरहेको शर्मा र अमेरिका उड्न चाहने व्यक्तिबीचको अडिओ सुनिन्छ। यसमा आर्थिक लेनदेनको विषयमा भने छैन।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार पीडितहरूले यो गिरोहका सदस्यसँग गरेका थुप्रै कुराकानीको अडिओ प्रहरीसँग पुगेको छ।

यस्तै पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन । आवश्यक प्रमाण जुटाएपछि पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ ।

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको पक्राउ परेका विचौलिया सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख पूर्व गृहमन्त्री खाँणलाई बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नक्कली भुटानी शरणार्थी प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545