नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादीका सांसद जुग्जालीको समूह पनि सक्रिय !

वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले हेरिरहेको छ ।
विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । यद्यपि योभन्दा धेरै संख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ ।
ठगी प्रकरणमा देशका उच्चतम नेता तथा सरकारी कर्मचारीहरु तानिँदै गर्दा म्याग्दीमा अर्को गिरोह सक्रिय रहेको देखिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै स्थानीयसँग पैसा असुल्दै म्याग्दीमा ठगी गरेको घटना बाहिरिएपछि यस प्रकरणमा अर्को गिरोहको समूह चार वर्ष अघिदेखि नै सक्रिय रहेको खुलेको हो ।
२०७६ सालदेखि म्याग्दीका विभिन्न स्थानबाट सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाएर ठगी गर्ने गिरोहमा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सभा सांसद रेशमबहादुर जुग्जाली (सुविन)को समेत संलग्नता रहेको देखिएको छ ।
सांसद जुग्जालीसहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमरिका पठाउने भन्दै पैसा असुल्दै ठगी गरेको स्रोतको दाबी छ ।
माओवादी नेता जुग्जाली गत मंसिर ४ को निर्वाचनमा म्याग्दी प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् । सांसद जुग्जाली यसअघि मालिका गाउँपालिका ७ का वडा अध्यक्ष थिए । सोही समयदेखि उनको समूहले म्याग्दीका स्थानीयलाई अमेरिका पठाइदिने भन्दै पैसा असुली गरेको स्रोतको दाबी छ । तर उनीहरुले अमेरिका पनि पठाउन नसकेको र पैसा पनि फिर्ता नगरेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।
सांसद जुग्जालीको समूहले भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने भन्दै लाखौं पैसा उठाएर ठगी गरेको पीडितको आरोप छ ।
यता, माओवादी नेता जुग्जाली भने आफूले अमेरिका पठाउने नाममा कसैसँग पैसा नउठाएको र घटनामा कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले ४ वर्ष अघिदेखि आफ्नोविरुद्धमा नियोजित रुपले अफवाह फैलाएको बताए ।
सांसद जुग्जालीले आफ्नो संलग्नता भए चार वर्ष अघिको घटनामा अहिलेसम्म किन कानूनी प्रक्रिया नगएको भन्दै प्रश्न समेत गरेका छन् । उनले पूर्वाग्रह साँधेर आफूविरुद्ध भ्रामक प्रचार भएको भन्दै ठगी प्रकरणमा आफ्नो संलग्नता भए प्रमाणसहित उपस्थित हुन चुनौती दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नक्कली भुटानी शरणार्थी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्