गठबन्धन धरापमा पर्नसक्छ : माधव नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए ।
कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’
प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।
देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।
अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।
‘म नै नेतृत्वमा हुँदा गेम चेन्जर आयाेजना ल्याएको थिएँ । विश्वविद्यालयहरूको सुरूवात त्यही बेलादेखि भएको हो । अप्ठ्यारो बेलामा र पार्टीभित्रबाट चुनौती आउँदा पनि निकै काम गरेको हो, तर यी कुराहरूको चर्चा हुँदैन । विरोधका नाममा विरोधमात्र गरिएको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्