बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु

नेपाल प्रहरीका जवान र हवल्दारहरूले नियमसंगत रूपमा पाउनुपर्ने बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी परेको छ । चितवनका एक प्रहरी जवानले आफूहरुले पाउनुपर्ने बिदा नपाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा उजुरी गरेका हुन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई सम्बोधन गरी लेखिएको सो, उजुरीमा प्रहरीभित्रको बेथितीलाई समेत उदाङ्गो पारिएको छ ।
उजुरीमा भनिएको छ : प्रहरी नियमावाली २०७१ को नियम ७९ मा भैपरी र ८० मा घर बिदाको ब्यबस्था गरिएको छ, नियम ९२ मा बिदा अधिकारको कुरा होईन भनि उल्लेख रहेको छ । समय-समयमा बिदा लिएर घर पनि जानुपर्ने हो तर, प्रहरी प्रशासन शाखाले बिदामा लापरवाही गर्नाले प्रहरी कर्मचारीको बिदा डिप्रेसनको माध्यम भएको छ । अझै पनि बिदा पास गराउन पावर लगाउनुपर्ने ह.मे/सु.मे/ प्रशासन ईन्चार्ज समेतलाई पैसा, रक्सी दिनुपर्ने अवस्था रहेको छ, उजुरीमा उल्लेख छ ।
त्यस्तै, ह.मे/सु.मे./प्रशासन शाखा ईन्चार्ज/बिदा पास गर्ने अधिकारीले आफु निकटका प्र.क.को बिदा जति दिन लेखेको हो त्यति दिनै पास गर्ने र अरुको ह.मे.बाट नै घटाउँदै पास गर्ने अधिकारीले समक्ष पुग्दा बिदा लेखेको ३०% पनि पास हुँदैन भन्ने समेतको ब्यवहोराको गुनासो प्रधानमन्त्री तथा मन्त्रीपरिष्द कार्यालयको हेल्लो सरकार कक्षको टिकट नम्बर HS-WEB-41563 मार्फत चैत १७ गते दर्ता भएपछि प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो । लगत्तै, प्रहरीले नै गरेको गुनासोका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले मातहतका सबै प्रहरी कार्यालयलाई बिदाको ब्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा काठमाडौंंबाट क्रमशः ले.प हुँदै तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको च.न ३१०६ मिति : २०७९ चैत २१ गतेको पत्र जिल्ला प्रहरी कार्यालय चितवनमा आएसंगै बिदा सम्बन्धमा कुनै पनि प्रहरीको गुनासो नआउने गरि आवश्यक ब्यवस्था मिलाउनुहुन मातहतका प्रहरी कार्यालय लाई निर्देशन दिइएको हो । चितवन प्रहरीका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितद्वारा हस्ताक्षर गरिएको सो, पत्रमा प्रहरी कर्मचारीको लागी बिदा गर्दा गुनासो नआउने बाताबरण मिलाउन मातहतका प्रहरी कार्यालयलाई चैत २३ गते परिपत्र गरिएको हो ।
भनेको बेला बिदा नपाउनु, तल्लो दर्जाका प्रहरी कर्मचारीलाई हाकिमहरूले दुव्र्यवहार गर्नु जस्ता बिबिध कारणले पनि यतिबेला प्रहरीमा जागीर छोड्नेको लर्को छ । उनीहरूमध्य अधिकांशको गुनासो पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदा समेत नपाएको भन्ने रहेको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोख्रेलले जानकारी दिए । बिदा नपाउँदा परिवार भेट्न समेत नपाएको दुःखेसो उनीहरूको रहे छ, पोख्रेलले भने । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ ।
तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् । कामको अत्यधिक चाप हुने, तर जनशक्ति कम हुने भएकाले अत्यावश्यक अवस्थाबाहेक प्रहरीले विरलै बिदा पाउने गरेका छन् । यो समस्या समाधानका लागि काम सुरु भइसकेको प्रहरी प्रवक्ता डिआइजी पोख्रेल बताउँछन् । ‘अब सबै प्रहरीले नियम अनुसारको बिदा पाउनेछन्,’ उनले भने, ‘यसका लागि सफ्टवेयरमार्फत निगरानी गरिन्छ, कसले कति दिन बिदा पाए भन्ने प्रस्ट हुन्छ ।’
त्यस्तै, ड्युटीको समय धेरै भएको जवान तथा हवल्दारले बताएका छन् । दिनमा १८ घन्टासम्म ड्युटी गर्नुपरेको भन्दै उनीहरूले ड्युटी अवधि १० घन्टा बनाउन समेत माग गरेका छन् । ढिलो बढुवा हुने र बढुवा पारदर्शी समेत नहुने गुनासो पनि तल्ला तहका कर्मचारीको छ । हाकिमहरूबाट राम्रो व्यवहार नहुने गरेको प्रहरी जवान, हवल्दारको साझा गुनासो छ । हेप्ने गरेको तथा बोल्दा नराम्रा शब्दसमेत प्रयोग गर्ने गरेको उनीहरूले बताएका छन् । उनीहरूको भनाइलाई आत्मसात गर्दै तल्लो तहका प्रहरीलाई राम्रो व्यवहार नगर्ने हाकिमलाई समेत कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्