Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रहरी आचारसंहिताको धज्जी उड्यो : वाकीट्वाकी सेट देखाएर भिडियो बनाउने हवल्दार पाललाई कस्को संरक्षण ?


चितवन नेपाल प्रहरीमा प्रहरी पोशाकको दुरुपयोग हुने क्रम अझै रोकिएको छैनन् । प्रहरी आचारसंहिताबिपरित सामाजिक सञ्जालमार्फत प्रहरी पोशाक लगाएको फोटो तथा भिडियोहरु फेसबुक, ट्विटर तथा टिकटकमा भेटिन थालेपछि प्रहरी प्रधान कार्यालयले उक्त सामाग्री भए तत्काल हटाउन निर्देशन दिएपनि त्यसको अझै पालना भएको छैनन् ।

नेपाल प्रहरीका तत्कालीन प्रहरी प्रवक्ता (डिआइजी) माधवराज जोशीद्वारा सर्कुलर जारी गर्दै युनिफर्मवाला तस्वीर सामाजिक सञ्जालमा नराख्न निर्देशन दिदै यदि, कसैले प्रहरी पोशाक लगाएको फोटो सामाजिक सञ्जालमा राखेको भए तत्काल हटाउन समेत चेतावनी दिएको थियो । तर, महानिरीक्षकको सचिवालयबाटै जारी गरिएको उक्त परिपत्रलाई मातहतकै प्रहरीले नै अवज्ञा गर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले पटकपटक सर्कुलर जारी गर्दा समेत सामाजिक सञ्जालमा प्रहरी पोसाक र वाकीट्वाकी सेटको दुरुपयोग हुने क्रम भने रोकिएको छैन । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने नेपाल प्रहरी यतिबेला वाकीट्वाकी सहितको प्रहरी पोसाक लगाएको फोटो टिकटकमा भिडियो अपलोड गरेर रमिता देखाउने गरेका छन् ।

सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले प्रहरी पोशाक लगाई फोटो र भिडियो राखी आचारसंहिताबिपरित क्रियाक्रलापमा प्रहरी कर्मचारी नै सरिक भएको पाइएपछि चितवनका तत्कालीन प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले सेटमार्फत सबै प्रहरीलाई प्रहरी पोशाक लगाएको फोटो हटाउन र राखेको पाइए कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको थियो ।

सेटमार्फत नै उनलेे सबै कार्यालय प्रमुखहरूलाई रोलकल तथा बिफ्रिङमा समेत सो, कुरालाई प्राथमिकताका साथ राख्न बताएका थिए । त्यतिमात्र होईन उनलेे सो, गतिविधि पुनः दोहोरिए सम्बन्धि प्रहरी कार्यालयका कार्यालय प्रमुख समेतलाई जिम्मेवार बनाइ कारबाही गर्ने चेतावनी समेत दिएका थिए । तर, बिड्म्बना प्रहरी उपरीक्षक अधिकारीले दिएको निर्देशन चितवन प्रहरीले त्यतिबेला पनि टेरेनन् ।

अहिले चितवनको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक रामेश्वर कार्की छन् । र, हाल पनि चितवनमा विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुले फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालहरुमा उक्त कार्य गर्न नपाइने भनी स्पष्ट उल्लेख गर्दा गर्दै पनि अझै सुनुवाइ भएको पाइन्न । एक महिना अघि मात्रै चितवन प्रहरीले प्रहरी युनिफर्ममा भिडियो बनाइ सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै हवल्दार बिवेक भुषाल र प्रहरी जवान सविन थापालाई एक पटकको लागी सुध्रने मौका स्वरुप सख्त चेतावनी समेत दिएको थियो । तर, पनि प्रहरीभित्रको बेथिति रोकिएको छैनन् ।

चितवन प्रहरीकै मातहत रहेको प्रहरी बिट टाँडीका इन्चार्ज प्रहरी हवल्दार राम सोगारत पालले प्रहरी बर्दी लगाएको भिडियो बनाइ यतिबेला सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी तालुकदार कार्यालयको निर्देशनलाई नै लत्याएका छन् । prasantpal619 युजर आइडी रहेको उनको सो, टिकटकमा अहिले पनि प्रहरी बर्दी लगाएको भिडियो स्पष्ट देख्न सकिन्छ । उनलेे वाकीट्वाकी सेट देखाइ भिडियो बनाएका छन् भने ड्युटीमा खटिएको समयमा टाँडी बजारमा फोटो खिची भिडियो अपलोड गरेको टिकटकबाट प्रष्ट देख्न सकिन्छ ।

उनलेे मार्च २२, २०२३ मा एउटा मान्छे मनपर्छ भुल्न सक्दिनँ बोलको गित ब्यारेकभित्रै वाकीट्वाकी सेट देखाई भिडियो बनाएका छन् भने त्यस्तै, जनवरी १०, २०२३ मा हम झिंयगे और मरेंगे बोलको गितमा सामुदायिक प्रहरी सेवा केन्द्र रत्ननगरमा गई भिडियो बनाएका छन् । सो, भिडियोमा समेत वाकीट्वाकी सेट देखाएको प्रष्ट देख्न सकिन्छ । टाँडी प्रहरी बिट ईलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा पर्छ । सो, बिट ईलाका प्रहरी कार्यालयबाट एक किलोमिटर पनि छैनन् भने त्यहाँको कमान्डर प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्का हुन् ।

उनी कार्यक्षमतामा अत्यन्तै कमजोर मानिन्छन् । उनको मातहतका प्रहरी कर्मचारीले यो वा त्यो बहानामा प्रहरी आचारसंहितालाई नै धोती लगाइदिदा समेत उनी बेखबर छन् । प्रहरी मुख्यालयको निर्देशन एवं परिपत्रलाई समेत उनलेे रद्दीको टोकरीमा फालिरहदा उसलाई कार्वाही गर्ने वा स्पष्टीकरण सोध्नेसम्मको आँट चितवन प्रहरीको छैनन् । संगठनको आदेशलाई एउटा हवल्दारले चुनौती दिएर प्रहरी पोशाकमै सामाजिक सञ्जालमा अपलोड गरेको भए पनि टाँडीका प्रहरी प्रमुख भने कानमा तेल हालेर बसेका छन् ।

टाँडीमा कायारर्त हवल्दार पाल त एक प्रतिनिधि पात्र मात्रै हुन् । यसरी केही प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादाको धज्जी मात्र उडाएको छैनन् कि सिङ्गो प्रहरी संगठनको नै बेइज्जत गरिरहेको देखिन्छ । दैनिकी जसो एक-दुई जना प्रहरीहरू कारबाहीमा पर्दै आएको प्रहरीको तथ्यांकमा छ । प्रहरी ऐन २०१२ मा पनि प्रहरीले आफ्नो जिम्मा रहेको बर्दी लगायतका उपकरण दुरुपयोग गर्न नहुने उल्लेख छ । यता, प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्न भने बन्देज लगाइएको छैनन् ।

वाकीट्वाकी सेट देखाएको पाइए कारबाही हुन्छ : प्रहरी प्रवक्ता 

यता, नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता पोषराज पोख्रेलले कुनै पनि प्रहरी कर्मचारीले प्रहरी पोशाक र वाकीट्वाकी सेट देखाएर भिडियो बनाउन नपाउने बताउँछन् । उनलेे प्रहरी बर्दी लगाइ फोटो खिच्ने र सामाजिक सञ्जालमा रंगाउने काम गरेको पाइए बिभागीय कारबाही हुने बताए ।

उनलेे आफ्ना संगठनभित्र रहेका प्रहरी कर्मचारीले आचारसंहिता बिपरित फेसबुक र टिकटकमा प्रहरी पोशाक लगाएको फोटो राखेको पाइए कारबाही गर्ने र सो, कार्यलाइ समेत पछिल्लो समय तीव्र पारिएको बताउँदै प्रहरी प्रवक्ता पोख्रेलले भने, पोशाक दुरुपयोग गर्ने प्रहरी र सर्वसाधारण कसैलाई पनि यत्तिकै छाडिन्न ।

उनलेे भने, ‘प्रहरी पोशाक र प्रहरीले प्रयोग गर्ने अरू सामग्री दुरुपयोग नगर्न पटक पटक सचेत गराउँदै आएका थियौं । अटेर गर्दै फेसबुकमा पोस्ट गर्ने काम अझै पनि भइरहेको छ । हामीले सूक्ष्म तरिकाले सबैको निगरानी गर्दै छौँ, तपाईंसंग त्यस्तो सूचना छ भने दिनुस्, हामी कारबाही नगरी त्यत्तिकै छाड्दैनौँ ।’’ साथै, प्रहरी पोशाकमा टिकटक भिडियो बनाउने तथा फोटो पोस्ट गर्ने धेरै प्रहरी कर्मचारी यतिबेला कारबाहीको दायराभित्र आइसकेको समेत बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545