प्रधानमन्त्री प्रचण्डकै कारण सरकार छोड्न बाध्य भयौँ : एमाले

काठमाडौं, १५ फागुन । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमप्रति आपत्ति जनाएको छ ।
आजको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति सरकारको व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको व्यवहारकै कारण एमाले तत्काल सरकार छोड्न बाध्य भएको दाबी पनि गरेका छन् ।
‘मन्त्रिपरिषद निर्णयको आधारमा जेनेभा जान लाग्नुभएका परराष्ट्रमन्त्री विमला राइलाई अन्तिममा आएर नजान भनेर निर्देशन गर्नुभयो,’ उपाध्यक्ष पौडेलले भने, ‘त्यतिमात्र नभएर हामीलाई स्वेच्छाले सरकार छाड्ने नभएर आफैले सरकारबाट हटाउने जस्ता अभिव्यक्ति दिदै हिड्नुभयो । नेकपा एमाले र एमालेका सदस्यहरूप्रति टिप्पणी गरेपछि हामीले यो सरकारमा रहिरन उचित देखेनौं ।’
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले एमाले प्रतिपक्षमा जाओस् भन्ने देखिएको पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्