Techie IT
सोमबार, वैशाख २२,२०८२

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएपनि निमगले नघटाउने


काठमाडौँ – इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।आईओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूल्य घटेर आएको हो। तर नेपाल आयल निगमले यसपटक मूल्य नघटाउने जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको छ। यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीनरतीन रुपैयाँ बढाएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #पेट्रोलियम पदार्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545