म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा प्रवेश

काठमाडौं । नटिङघम फरेष्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघमलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक/एक गोल गरे ।
खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए ।
अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड फाइनलमा पुगेको हो ।
काराबाओ कप फुटबलको फाइनल खेल यही फेब्रुअरी २६ तारिखको दिन वेम्बले रंगशालामा हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #म्यानचेस्टर युनाईटेड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्