स्पेनिस ला लिगामा बार्सिलोना विजयी

मड्रिड । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले बुधबार राति भएको खेलमा रियाल बेटिसलाई २-१ गोलको नतिजामा पराजित गरेको छ। बेटिसको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रमक बनेको भ्रमणकारी बार्सिलोनाका लागि ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए। अलेहान्द्रो बाल्डेले दिएको क्रसलाई राफिन्हाले सहजै गोलमा परिणत गरेका थिए।
त्यसको १५ मिनेटपछि रोबर्ट लेवान्डोस्कीले गरेको गोलसँगै बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो। रोनाल्डा अराउहोले दिएको पासलाई तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका लेनान्डोस्कीले गोलमा परिणत गरेका थिए।
निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा बार्सिलोनाका डिफेन्डर जुलेस कोन्डेले आत्मघाती गोल गरेसँगै क्लिन सीट भने राख्न सकेन।
जितसँगै १९ खेलबाट ५० अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेका रियाल बेटिस छैटौं स्थानमा छ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #बार्सिलोना, #रियाल बेटिस, #स्पेनिस ला लिगा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्