प्रेम प्रसाद आचार्यको निधनमा प्रधानमन्त्री प्रचण्ड किन मौन ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको विषयमा अहिलेसम्म मौन छन् । उनको सवारी भएकै बेला पारेर आचार्यले संसद् भवन, नयाँ बानेश्वसमा शरिरमा पेट्रोल छर्किएका थिए । उनलाई उपचारको लागि किर्तीपुर पुर्याईएपनि भोलिपल्ट उनले देहत्याग गरेका थिए । यो विषय अहिले राष्ट्रव्यापी रुपमा उठेको छ। उनीप्रति श्रद्धाञ्जली अर्पणको ओइरो छ ।
उनले सार्वजनिक गरेको खातामा सहयोग पनि जारी छ । तर, देशको नेतृत्व गरेका प्रधानमन्त्री दाहालले भने अहिलेसम्म उनको निधनमा कुनै शोक व्यक्त गरेका छैनन् । मन्त्रिपरिषद् बैठकमा भने यो विषयमा छलफल भएको थियो । आचार्यले उठाएका विषयमा भने सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालको आधिकारिक फेशबुक पेज सिएम प्रचण्डमा भने उनले एशियन बक्सिङ प्रतियोगिताको फाइनलमा पुगेकी सुष्मा तामाङलाई बधाई दिईएको छ । आज विहान निधन भएका लोकदोहोरी गायक भीम पौडेलको निधनमा दाहालले दुःख व्यक्त गरेका छन् । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेशबुकमा राज्यको विषयमासमेत कुरा उठाएका छन् । उनले स्वयम प्रधानमन्त्री प्रचण्डको बारेमा समेत उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #प्रधानमन्त्री, #प्रेमप्रसाद आचार्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्