२१ किलो लागूऔषध गाँजासहित २ जना महिला पक्राउ

हेटौंडा । मकवानपुरबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरीको टोलीले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १० बसपार्कस्थित सडकबाट २१ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका वडा नंम्बर ९ घर बताउने २ जना महिला रहेकी छिन् । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैनन् । शंकास्पद रूपमा हिंडिरहेका उनीहरुलाई शंका लागी चेकजाँच गर्दा पछाडी भिर्ने कालो ब्यागमा लुकाईछिपाई ल्याएको अवस्थामा लागूऔषध गाँजा १० किलो ५०० ग्राम, १० किलो ५०० ग्राम गरी २१ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
पक्राउ परेका दुवैविरुद्ध सम्मानित मकवानपुर जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्