सरकारलाई युवाहरुकाे प्रश्न : देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको हाे।
युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी युवाहरुले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्। आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेमप्रसाद आचार्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्