प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो : मेयर बालेन्द्र शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन् ।
संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्यको बुधबार बिहान निधन भएको छ । आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको मेयर शाहले बताएका छन् ।
‘..त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो,’ सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ आचार्यले मागेको सहयोगको याचना, सुरक्षा, उद्दार र उनका हरेक चरणमा राज्य असफल भएको शाहले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्