संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा रहेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरोधी प्रचार प्रसार गर्ने छुट कसैलाई पनि नभएको भन्दै स्पष्टिकरण सोध्ने चेतावनी दिनुभएको हो ।
मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइने भन्दै उहाँले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने भए मन्त्रिपरिषद् बाहिरै रहनुपर्ने स्पष्ट पार्नुभयो । वर्तमान राज्य व्यवस्थामाथि प्रश्न उठ्न थालेको जिकिर गर्दै उहाँले राज्य व्यवस्था कार्यान्वयनमा भएको ढिलाई र अरुचिले व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई नभएपनि समन्वयमा चल्नुपर्ने बताउनुभयो । राज्य व्यवस्था समितिले संघिय निजामती ऐन पारित गरेर संसदमा पठाए पनि फिर्ता भएको बताउँदै दाहालले विगतमा संघीय निजामती ऐन ल्याउन नदिइने र अधिकार केन्द्रीकृत गर्ने काम भएको भन्दै त्यसको अन्त्य नभए डरलाग्दो स्थिति आउन सक्ने आंक्लन गर्नुभयो ।
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार आएपछि १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिवद्धताका साथ मन्त्रालय घटाउन लागि परेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्