सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो ।
यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला रू एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार आठ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १५ ले घटेर रू एक हजार तीन सय ६५ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
महासङ्घ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैङ्कहरूले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताउनुभयो । महासङ्घले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भन्नुभयो, “हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।”
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुन, #सुनको मूल्यमा नयाँ रेकर्ड कायम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्