गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएकाे छ ।
भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्।
मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।
१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा हत्या भएको थियो ।
मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो ।
गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिएपनि प्रहरीले नै चासो नदिएको आरोप लगाउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताउनुभयो । विरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।
उहाँले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको बताउनुभयो । उहाँले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्