प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा ९७ मत खसेको थियो । मतदानमा २६४ जनाले भाग लिनुभएको थियो । मत दिन्न भन्नेमा एक जना रहनुभयो ।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मत विभाजनको नतिजाबारे जानकारी दिनुहुँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले रानामगर उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्थ्यो ।
रास्वपाका रानामगरलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दलका सांसदको समर्थन रहेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते मङ्गलवार दिउँसो १ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्दिरा रानामगर, #उपसभामुख
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्