Techie IT
आईतबार, वैशाख २१,२०८२

नेपाली कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता


काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे छ ।

शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएकाे छ ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #मुक्ताकुमारी यादव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545