एक सिङ्गे गैँडा मृत अवस्थामा फेला

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका दुई सेहरिमा एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।
आज दिउँसो १ः०० बजेतिरको समयमा माउ बच्चा गैँडा मृत अवस्थामा फेला परेको हो ।
घटनाका बारेमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटना स्थलमा आउँदै गरेको छ ।
माउको खाग नभएको अवस्थामा भेटिएको र बच्चाको खाग रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । बच्चा भाले गैँडा रहेको उहाँले बताउनुभयो ।
खाग नभएको अवस्थामा भेटिएकाले चोरी सिकारबाट मृत्यु भएको भन्ने आशङ्का गरिएको तर, प्राविधिक टोली घटनास्थल नपुगेकोले त्यस बारेमा अहिल्यै भन्न नसकिने उहाँको भनाई छ ।
निकुञ्जबाट निमित्त कार्यालय प्रमुख राजु घिमिरेको नेतृत्वमा पशु चिकित्सक सहितको टोली घटनास्थलतर्फ आउँदै गरेकोले उहाँले बताउनुभयो ।
पोस्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्यु के कारणले भएको भन्ने बारेमा भन्न नसकिने उहाँको भनाई छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #एक सिङ्गे गैँडा मृत अवस्थामा फेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्