Techie IT
सोमबार, वैशाख २२,२०८२

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङदेन


काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।

उपप्रधानमन्त्री लिङदेनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउँदै घिमिरेलाई निर्वाचित गराउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #देवराज घिमिरे, #राजेन्द्र प्रसाद लिङदेन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545