प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज र कांग्रेसका इश्वरीदेवीको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसका सांसद इश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज सत्ता साझेदार दलका तर्फबाट सांसद घिमिरेले र नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सांसद न्यौपानेले सभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
सत्ता साझेदार दलका तर्फबाट मनोनयन दर्ता गराउनुभएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहनुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराउनुभएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला, समर्थक रहनुभएको छ ।
यसअघि, आजै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले नेपाली काङ्ग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सभामुख चयनका लागि भोलि बिहीबार बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने कार्यक्रम रहेको छ । जस अन्तर्गत बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इश्वरीदेवी न्यौपाने, #देवराज घिमिरे, #नेकपा एमाले, #नेपाली कांग्रेस, #सभामुख
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्