बागमती प्रदेश: मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेससहित छ दलले दिए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन्।
उनलाई सत्ता गठबन्धनसँगै नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। अब बागमती प्रदेशको प्रतिपक्षमा नेमकिपा मात्र रहेको छ। बागमती प्रदेशका ११० सांसद मध्ये १०५ जनाले जम्कट्टेललाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका सभामुख बाहेक ११, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।
नेमकिपाका ३ जना प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका छन्। राप्रपाका लक्ष्मी घिमिरे अनुपस्थित थिए। विश्वासको मत पाएपछि मुख्यमन्त्रीले अब मन्त्रीपरिषद् विस्तारको गृहकार्य अघि बढाउने बताएका छन्।
विश्वासको मत दिने सबैको भावना समेटेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए। उनी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएकाले सोही नीतिअनुसार प्रदेशमा पनि विश्वासको मत दिएको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमती प्रदेश, #शालिकराम जम्कट्टेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्