हिउँ र पानी नपर्दा सोलुखुम्बुका किसान चिन्तित

सोलुखुम्बु । यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू पनि कालो पहाडमा परिणत हुँदै गएका छन् ।
विगतमा यतिबेला यहाँका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे भने यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको लिखुपिके गाउँपालिका–५ का कामी छिरी शेर्पा बताउनुहुन्छ ।
जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्न थालेको किसानहरू बताउँछन् ।
हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरू सुक्दै गएको मा दूधकोसी गाउँपालिका–५ की हस्तकला राईले बताउनुभयो । समयमा हिउँ नपर्दा र पानी नपर्दा यो वर्ष गत वर्ष जस्तो धेरै चिसो पनि महसुस नभएको सोलुदूधकुण्ड नगरपालिका–३ कामिङमार शेर्पा बताउनुहुन्छ ।
हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसमसमेत तातिँदै जाँदा यहाँका नागरिकहरू अचम्मित बनेका छन् । वन जङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासहरूको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरू देखापरेको वातावरणविद् राजन थापाको भनाइ छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #सोलुखुम्बु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्