पीडितको पक्षमा खम्बा भएर उभिन प्रदेश प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा खम्बा भएर उभिन निर्देशन दिनुभएको छ ।
प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनु भएको हो । साथै प्रहरी सङ्गठन र आफु मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिनु भएको हो ।
पुस २८ गते भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयो । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भएता पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिनुभएको हो ।
प्रहरी सङ्गठनमा आदेशको पालना त गर्नुपर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्न पनि गृहमन्त्रीले निर्देशन दिनुभएको छ। अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईँको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह गर्नु भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
सङ्गठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफु रहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफु गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पार्नु भयो । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाउनु भएका डिआइजीहरूको क्षमता मूल्याङ्कन गरेर सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृहमन्त्री लामिछानेले निर्देशन दिनु भएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्