मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः राजेन्द्र पाण्डे

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
उहाँले आफू वागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताउनु भयो । उहाँले आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताउनु भयो ।
सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #राजेन्द्रप्रसाद पाण्डे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्