संसदीय विशेष समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा समितिका संयोजक खिमलाल भट्टराईले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुभयो ।
यस अघि विशेष समयमा बोल्नुहुँदै सांसद जगप्रसाद शर्माले मुलुकको समृद्धिका लागि सुशासन र स्थिरता आवश्यक पर्ने भन्नुहुँदै दलहरू एकताबद्ध भएर समृद्धिको पथमा अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद जितेन्द्र नारायण देवले राजनीतिक आन्दोलनका कारण अन्यायमा परेका रेशम चौधरी लगायतलाई न्याय दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले सङ्घीयतालाई प्रभावकारी बनाउन नागरिकको आवश्यकता र चाहानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सांसद भैरव सुन्दर श्रेष्ठले सरकारले न्यूनतम साझा कार्यक्रममार्फत मुलुकको समृद्धिको योजना अघि सारेको भन्नुहुँदै वर्तमान सरकारले जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद बामदेव गौतमले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिनु स्वाभाविक भएकाले धेरै टिका टिप्पणी गर्नु आवश्यक नभएको उल्लेख गर्नुभयो ।
बैठकमा सांसद्हरु जयन्तीदेवी राई, मोहम्मद खालिद, खिमलाल देवकोटा,शेखरकुमार सिंह, भगवती न्यौपाने, उदयबहादुर बाहोरा, विमला घिमिरे, प्रकाश पन्थ लगायतले समसामयिक विषयमा आ आफ्नो धारणा राख्नुभयो
राष्ट्रियसभाको अर्को बैठक माघ ५ गते दिउँसो १ बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्