गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि अर्थात् शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले शुक्रबार बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने तयारी समेत गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #खगराज अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्