प्रदेश –१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहन्छ ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति भएको थियो ।
उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ । एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसक्नु भएको छ । उहाँले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश १, #बाबुराम गौतम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्