काबुलमा आत्मघाती बम विस्फोट ५ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेश मन्त्रालय अगाडि भएको आत्मघाती बम विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको छ ।
प्रहरीले मृत्यु हुनेको सङ्ख्या ५ रहेको बताएपनि एक तालिबान स्रोतका अनुसार विस्फोटमा २० जना सम्मको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
हिजो (बुधबार) स्थानीय समय अनुसार दिउँसोको ४ बजे बम बोकेर एक व्यक्ति विदेश मन्त्रालय प्रवेश गर्न खोजेको र प्रवेश गर्न नसक्दा भवन अगाडि नै विस्फोटन गराएको तालिबान अधिकारीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
उक्त क्षेत्रमा चीन, टर्की, लगायतका धेरै राष्ट्रहरूका दूतावास पनि रहेका छन् । इस्लामिक स्टेट आतङ्ककारी समूह आइएसले विस्फोटनको जिम्मा लिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान, #काबुलमाआत्मघाती बम विस्फोट ५ जनाको मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्