सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।
बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) का भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् ।
भण्डारीलाई एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ भने रावललाई नेकपा एकीकृत समाजवादीको साथ रहेको छ ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली काग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा (एकीकृत समाजवादीं का ४ तथा राप्रपा र स्वतन्त्रका एक एक जना सासंद छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्