पाँचथर अस्पतालको सेवामा वृद्धि

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा बिरामीलाई दिइने सेवामा वृद्धि गर्न विशेषज्ञ चिकित्सक थप गरिएको छ ।
पचास शैयाको अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण भएपनि जनशक्तिको अभाव रहेको अस्पतालमा केही विशेषज्ञ डाक्टर थप गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामराज आङदेम्बेले जानकारी दिनुभयो ।
अस्पतालले हाडजोर्नी तथा नसा रोग ओ.पि.डी. सेवा, हाडजोर्नी रोग सम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओ.पि.डी सेवा, जनरल सर्जरी सम्बन्धी शल्यक्रिया सेवा ,एनेस्थेसिया सेवा थप गरेको छ । उक्त सेवा प्रभाव गर्न हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर देउमान लिम्बू, जनरल सर्जन डाक्टर प्राञ्जल चन्द्र पौड्याल र अप्रेसन फिजिसियन डाक्टर गणेश वन थप गरिएको अस्पतालले जनाएको छ ।
विशेषज्ञ थप गरे सँगै हाइड्रोशिल, एपेन्डिसाइड, मलद्वारका रोगहरू, पित्त थैली जस्ता रोगहरूको शल्यक्रिया अस्पतालमै हुने चिकित्सकले जानकारी दिनुभयो ।
५० बेडको अस्पतालको भवन भएपनि अझै १५ बेडकै दरबन्दी रहेको छ । अस्पतालमा रहेको आइसियु जन
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल पाँचथर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्