टाँडी प्रहरीको सक्रियता : नक्कली नेपाली नोट सहित एक जना पक्राउ

चितवन । प्रहरीले जाली नोटको कारोबारमा संलग्नहरूलाई पटकपटक पक्राउ गर्दै आएको छ । तर, पनि कारोबारीहरु निमिट्यान्न हुनु भने सकेका छैनन् । प्रहरीले जति सक्रियता बढाउँछ, उत्ति फरक शैलीमा उत्रन्छन् कारोबारीहरु ।
चितवन प्रहरीले हिजो (सोमबार) मात्र कालिका नगरपालिका वडा नंम्बर १ बाट एक हजार रुपैयाँँका १३७ थान खोटा मुद्रा जाली नोटसहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका १ बस्ने ४२ बर्षीया गंगा तामाङ रहेकी छिन् ।
आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरी जानी जानी चलन चल्ती गर्नका लागी लुकाईछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले सोमबार साँझ ६ बजे तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी उनलाई खोटा मुद्रासहित संगठित अपराध तथा निवारण ऐन, २०७० अन्तर्गत मुद्दा सम्बन्धि कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्