Techie IT
सोमबार, वैशाख २२,२०८२

बाँकेको खजुरामा दादुराका बिरामी भेटिए


नेपालगञ्ज । बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।

नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्जमा भने संक्रमण बढ्दो छ । नेपालगञ्जमा हालसम्म ६३ जना दादुरा संक्रमित बालबालिका भेटिएका छन् ।

नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #दादुरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545