नेपाल टी ट्वान्टी क्रिकेट: आजदेखि प्लेअफको खेल सुरु हुँदै

नेपाल टी ट्वान्टी नेपाल टी ट्वान्टी क्रिकेलिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा मध्यान्न साढे १२ बजेदेखि सुरु हुनेछ ।
लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ । लुम्बिनीले १० खेलमा १६ अंक जोडेको छ भने समान खेल खेलेको जनकपुरको १४ अंक छ ।
यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले सोमबार हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा पुग्न खेल्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ ।
मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने छ ।
पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागीता रहेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाल टी ट्वान्टी क्रिकेट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्