वर्तमान सत्ता गठबन्धनको आयु छैन्: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न विचार बोकेका दलहरू मिलेर बनेको वर्तमान सत्ता गठबन्धनको आयु नरहेको टिप्पणी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नचाहने शक्तिहरू समेत सहभागी भएर सत्ताका लागि मात्र बनेको गठबन्धनको आयु नरहेको टिप्पण गरेका हुन् ।
प्रवक्ता महतले भने– ‘वर्तमान सत्ता गठबन्धनको आयु छैन । किनकी, यो सत्ता गठबन्धन नितान्त सत्ताका लागि मात्र बनेको छ । यहाँ विभिन्न विचारहरू एक ठाउँमा आएका छन् । यस्तो गठबन्धन स्वभाविक हुँदैन । त्यसैले लामो समय टिक्दैन । गठबन्धन आवद्ध दलहरूबीच नै विरोधाभास छ । त्यसैले, यो गठबन्धनको आयु छैन ।’
नेकपा माओवादी केन्द्रले धोका दिएका कारण कांग्रेस सत्ताबाहिर रहनु परेको भन्दै प्रवक्ता महतले अब एक्लै चुनाव जित्नसक्ने शक्तिको रुपमा कांग्रेसलाई स्थापित गर्नु अबको जिम्मेवार रहेको समेत बताएका छन् ।
प्रवक्ता महतले कांग्रेस अब लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध सशक्त प्रतिपक्षको भूमिकामा रहने समेत बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रकाशशरण महत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्