प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
सो भेटवार्तामा प्रधानमन्त्री दाहालले विश्वासको मत दिन अध्यक्ष नेपालसँग आग्रह गरेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री दाहालले माधव नेपालको दललाई सरकारमा सहभागी हन आग्रह गरेका थिए । माधव नेपालले भने अहिले नै सरकारमा सहभागी नहुने बताउँदै आएका छन् ।
विश्वासको मत दिनेबारे भने पुष २६ गते नै निर्णय लिने नेपालको भनाई छ । प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सत्ता गठबन्धनमा सहभागी हुन गरेको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #माधवकुमार नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्