कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेस

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गर्नुभएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि काँग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो ।
केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा आज बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।
उक्त प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका प्रस्तुत गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्