Techie IT
सोमबार, वैशाख २२,२०८२

नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेल प्रहरी हेडक्वाटर तानिए


काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

अब उनलाई सोधपुछ गर्दै उनीविरुद्ध परेको उजुरी उपर छानबिन गर्ने प्रवक्ता राईले बताए ।

कँडेल हेडक्वाटर तानिएपछि त्यहीँकै डिएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ऋषिराम कँडेल, #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545