यातायात कार्यालयमा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको अनुगमन र निरीक्षण

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन, निरीक्षण र छड्के जाँच गर्नुभएको छ ।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणका गुनासा सुन्दै अन्तरक्रिया समेत गर्नुभएको उहाँकाे सचिवालयले जानकारी दिएकाे छ । साथै उहाँले सेवालाई प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।
सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।
एकान्तकुनाको अनुगमनपछि उहाँ यातायात कार्यालय ठुलो भर्याङ र गुर्जुधारामा समेत पुगी अनुगमन र निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्