श्री सरस्वती प्रा.बि. को ३३ औ बार्षिकोत्सब समारोह भव्यताका साथ सम्पन्न

गोरखा । श्री सरस्वती प्राथमिक बिधालयको ३३ औ बार्षिकोत्सब समारोह भव्यताका साथ सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तुलसी प्रसाद ढकालको अध्यक्षता मा बार्सिकोत्सब समारोह आइतबार सम्पन्न् भएको हो ।
कार्यक्रमको प्रमुख अतिथीमा भीमसेनथापा गाउँपालिका उपाध्यक्ष अमृता वस्ती, बिशेष अतिथिमा भीमसेनथापा गाउँपालिका ३ का वडा अध्यक्ष ऋषि राम लामिछाने तथा वडा सदस्यको उपस्थीति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भिमसेनथापा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो।
वार्षिक उत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता र अभिभावकहरुका लागि खेल खेलाइएको थियो । विजयी खेलाडी तथा टिमलाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिनुका साथै विद्यालयलाई हालसम्म सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
शिक्षक वद्रि प्रसाद लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षका कल्पना देबि ढकालले स्वागत मन्तव्य स्वागत मन्तव्य राख्नुभएको र प्रधानाध्यापक होमनाथ ढकालले विद्यालयको शैक्षिक भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा श्री नवज्योति मा. वि. का प्रधानाध्यापक ठाकुर लामिछाने, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछाने, नङ्गे पम्पिङ खानेपानीका अध्यक्ष योगेन्द्र खनाल, सरस्वती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बलराम खनाल, बिभिन्न दलका पार्टी प्रतिनिधिहरुको विशेष आतिथ्यता र व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भीमसेनथापा गाउँपालिका, #श्री सरस्वती प्राथमिक बिधालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्