सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिदेखि शुरु हुने
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिदेखि शुरु हुने भएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले भोलि पुस १८ गते दिउसो १ः०० बजेदेखि शुरु हुने गरि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्ने कार्य तालिका रहेको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीले प्रदेशसभाको दोस्रो कार्यकालको (अधिवेशन) पहिलो बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । भोलिको बैठकमा सभामुख र उपसभामुख चयन लगायतका विषयमा कार्यसूची पेश गर्ने तयारी रहेको र त्यसका लागि आज सर्वदलीय बैठक डाकिएको उहाँले बताउनुभयो ।
५३ सदस्यीय प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नहुँदा मिलीजुली सरकार बन्ने देखिन्छ । सरकार बनाउन बहुमतका लागी २७ जना आवश्यक पर्छ ।
यहाँ नेपाली काँग्रेस १९ जना प्रदेशसभा सदस्यसहित पहिलो दल रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ११ जना, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ जना, नेकपा एकीकृत समाजवादी ४ जना, राप्रपा १ र स्वतन्त्रबाट १ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्